कक्षा १० नेपाली पाठ ६
अधिकार ठूलो कि कर्तव्य ठूलो ?

शब्दभण्डार

१. दिइएका शब्द र अर्थबिच जोडा मिलाउनुहोस् :
शब्द अर्थ
प्रतियोगिता प्रतिस्पर्धा वा होडवाजी
वक्ता बोल्ने व्यक्ति
कायापलट ठुलो परिवर्तन
अभिमत मनको विचार, राय
कसी वस्तुको स्तर निर्धारण गर्ने साधन
कानुन राज्यमा न्यायिक व्यवस्था कायम राख्न बनाइएको नियमको समष्टि रूप
नैसर्गिक स्वाभाविक, प्राकृतिक
घोषणापत्र कुनै पनि संस्था वा व्यक्तिको वचनबद्धता घोषित गर्ने पत्र
२. दिइएका शब्द प्रयोग गरी एउटा अनुच्छेद लेख्नुहोस् :
हामी नेपाली सबैले आफ्नो कर्तव्यपालन गर्नुपर्छ। हाम्रो संविधानमा पनि नागरिकका कर्तव्य उल्लेख गरिएको छ। वर्तमान संविधान निर्माणको कम निकै सङ्घर्षपूर्ण थियो। अब हामी मानव एक अर्काको कल्याणमा लाग्नुपर्छ। देशको प्रजातन्त्र जोगाउनुपर्छ र नागरिकलाई अधिकारले सम्पन्न बनाउनुपर्छ।
३. दिइएको अनुच्छेदबाट श्रुतिसमभिन्नार्थी शब्द खोजेर लेख्नुहोस् :
श्रुतिसमभिन्नार्थी शब्दहरू:
कृति - कीर्ति
सित - शीत
दिन - दीन
जुन - जून
द्वीप - दीप
४. दिइएका शब्दको अर्थ खुल्ने गरी वाक्यमा प्रयोग गर्नुहोस् :
(क) बाजी-बाजि
- सांसदले संसद्मा नाराबाजी गरे।
- यस बाजि (पल्ट) अवश्य म सफल हुने छु।

(ख) अवधी-अवधि
- तराईमा अवधी भाषा बोलिन्छ।
- एक वर्षको अवधिमा पनि उसको पढाइ सुधार भएन।

(ग) तिन-तीन
- तिनलाई पाठ सिकाइदेऊ।
- बहिनी तीन कक्षामा पढ्छे।

(घ) पूरा-पुरा
- मैले अभ्यास पूरा गरेँ।
- म कसैको पुरा खाना खाँदिनँ।

(ङ) फेरि-फेरी
- उसले मलाई फेरि माया गर्ने छ।
- अस्मिताले लुगा फेरी।

(च) शूर-सुर
- नेपालीहरु शूर थिए।
- गीत सुर मिलाएर गाऊ।

बोध र अभिव्यक्ति

१. दिइएका शब्दको शुद्ध उच्चारण गर्नुहोस् :
विश्वव्यापी, सङ्ग्राम, उत्प्रेरित, प्रज्वलित, प्रतिष्पर्धा, ज्वलन्त दृष्टान्त, कुण्ठित, उद्घोषक, कर्तव्यपरायण
३. दिइएका प्रश्नको उत्तर भन्नुहोस् :
(क) अधिकार ठुलो कि कर्तव्य ठुलो ? वादविवादमा वक्ताले पालना गर्नुपर्ने नियम भन्नुहोस्।
(अ) प्रत्येक वक्ताका लागि ५ मिनेट समय। ४ मिनेटमा जनाउ घन्टी, ५ मिनेटमा अन्तिम घन्टी।
(आ) कुनै भेदभाव, आक्षेप वा अपमानजनक भाषा प्रयोग गर्न पाइने छैन।
(इ) विपक्षका भनाइ खण्डन गर्दा शिष्ट र संयमित तर्क प्रस्तुत गर्नुपर्छ।
(ई) लिखित टिपोट हेरेर बोल्न पाइने छैन।
(उ) निर्णायक मण्डलको निर्णय अन्तिम हुनेछ।
(ख) वादविवाद पाठमा कति जना पात्रको प्रत्यक्ष सहभागिता रहेको छ ?
५ जना पात्रको प्रत्यक्ष सहभागिता रहेको छ।
(ग) वादविवादको पहिलो वक्ता को हुन् र उनले कसलाई सम्बोधन गरेका छन् ?
पहिलो वक्ता चिदानन्द चौधरी हुन्। उनले सभाध्यक्ष, प्रमुख अतिथि, निर्णायक मण्डल, गुरु, गुरुआमा, प्रतियोगी साथीहरू र उपस्थित सम्पूर्ण विद्यार्थीलाई सम्बोधन गरेका छन्।
(घ) वादविवादमा युधिष्ठिरको प्रसङ्ग कुन वक्ताको भनाइमा आएको छ ?
पदम गुप्ताको भनाइमा आएको छ।
४. दिइएको वादविवादको अंश पढी प्रश्नको उत्तर लेख्नुहोस् :
(क) सुकरातले सत्यप्रतिको निष्ठा र कर्तव्यपरायणका लागि के गरे ?
सुकरातले हेमलक जस्तो विष पिए।
(ख) बुद्धले कस्तो रहस्यको खोजी गरे ?
बुद्धले दुःख के हो र मानव जाति यसबाट कसरी मुक्ति पाउँछ भन्ने रहस्यको खोजी गरे।
(ग) हामीले कसरी कर्तव्य पालन गर्न सक्छौँ ?
आफ्नो ठाउँमा रहेर, जिम्मेवार भएर कर्तव्य पालन गर्न सक्छौँ।
(घ) वादविवादको अंशमा कस्ता मौलिक कर्तव्यको कुरा गरिएको छ ?
राष्ट्रप्रतिको सम्मान, स्वतन्त्रता, सांस्कृतिक सम्पदाको संरक्षण, धार्मिक सहिष्णुता र भाषिक विविधताको सम्मान।
५. दिइएका भनाइका वक्ता पहिचान गर्नुहोस् :
(क) "निर्णायक मण्डलको निर्णय नै अन्तिम हुने छ।" → उद्घोषक रमा पंजियार
(ख) "परोपकार गर्नु नैतिक कर्तव्य हो।" → पदम गुप्ता
(ग) "नागरिक भएकै कारणबाट प्राप्त गर्ने अधिकार सम्पूर्ण नेपालीले बिना भेदभाव प्रयोग गर्न पाएका छन्।" → श्रुति साह
(घ) "खुसीको अजस्र स्रोत कर्तव्य भएकाले अधिकारभन्दा कर्तव्य नै ठुलो हो।" → चिदानन्द चौधरी
(ङ) "राष्ट्र र राष्ट्रियताको मजबुत जग बसाल्न हरेक वर्गका मानिसले अन्यायको अनुभूति गर्ने अवस्था आउनुहुँदैन।" → विश्वेश्वरप्रसाद कोइरालाको भनाइ (भरत भण्डारी)
(च) "कर्तव्यप्रतिको निष्ठा भक्ति वा उपासनाको सर्वोच्च रूप हो।" → विवेकानन्दको भनाइ (चिदानन्द चौधरी)
(छ) "प्रकृतिको अधिकार खोस्ने ताकत कसैसँग छैन, कसैले प्रकृतिको अधिकार खोसोस् त?" → श्रुति साह
६. दिइएका प्रश्नको उत्तर लेख्नुहोस् :
(क) चिदानन्द चौधरीले कर्तव्यपालनबारे भनेका मुख्य तीन भनाइ लेख्नुहोस्।
१. कर्तव्यले मानिसलाई जीवनवादी बनाउँछ।
२. संसारका आदर्श व्यक्तिहरूले कर्तव्य पालन गरेर महान् बनेका छन्।
३. आफ्नो ठाउँबाट कर्तव्य निर्वाह गरेको समाज सभ्य र सुसंस्कृत हुन्छ।
(ख) कर्तव्यको विषयलाई हाम्रा पौराणिक ग्रन्थमा कसरी उल्लेख गरिएको छ ?
पौराणिक ग्रन्थहरूमा कर्तव्यलाई प्राथमिकता दिइएको छ। गीतामा "आफ्नो कर्तव्य इमानदारीपूर्वक पूरा गर्नुपर्छ", उपनिषद्मा "मातृ देवो भव, पितृ देवो भव" जस्ता भनाइहरूले कर्तव्यको महत्त्व देखाउँछन्।
(ग) अधिकारका सन्दर्भमा भरत भण्डारीका भनाइको सार लेख्नुहोस्।
अधिकार जन्मसिद्ध हुन्छ भने कर्तव्य पछि जोडिने विषय हो। अधिकारबिना कर्तव्य पूरा गर्न सकिँदैन। त्यसैले अधिकार कर्तव्यभन्दा ठुलो हो।
(घ) श्रुति साहको भनाइको सार लेख्नुहोस्।
अधिकार प्राप्तिका लागि आन्दोलन भएका छन्। प्रकृतिले अधिकार प्रयोग गरेर कर्तव्य पूरा गरेको छ। अधिकार मानिसको व्यक्तित्व विकास र नैतिक जीवनका लागि अपरिहार्य छ।
७. व्याख्या गर्नुहोस् :
(क) कर्तव्यको कसीमा घोटिँदा मात्र हरेक व्यक्तिको व्यक्तित्वको सफल परीक्षण हुन्छ।
कर्तव्य पालन गर्दा मात्र मानिसको सच्चाई, नैतिकता र विश्वासिलोपन परखिन्छ। राम, बुद्ध, सुकरात जस्ता महापुरुषहरूले कर्तव्य पालन गरेर महानता प्राप्त गरेका छन्। कर्तव्य निर्वाहले समाजलाई सभ्य बनाउँछ।
(ख) अधिकार नदिई कर्तव्य मात्र पूरा गर भन्नु बिना हतियार लडाइँमा पठाउनु जस्तै हो।
अधिकार नभएको मानिस कमजोर हुन्छ। अधिकार नभएर कर्तव्य मात्र पालन गर्न भन्नु बिना खाना भोकमा काम गर्न भन्ने जस्तो हो। अधिकार नभएर मानिस काम गर्न सक्दैन।
८. तपाईंलाई कुन वक्ताको भनाइ मन पर्यो ? किन ?
मलाई चिदानन्द चौधरीको भनाइ मन पर्यो। उनले पूर्वीय दर्शन, इतिहास, उदाहरण र तार्किक विश्लेषण प्रस्तुत गरेका छन्। म "देशले मलाई के दियो होइन, मैले देशलाई के दिएँ" भन्ने विचार राख्छु। कर्तव्यलाई ठुलो ठान्दछु।
१०. कर्तव्य र अधिकारको सम्बन्ध कस्तो हुन्छ होला ?
- अधिकार जन्मसिद्ध प्राप्ति हो, कर्तव्य स्वयं गर्ने चेतना हो।
- अधिकार अरुबाट प्राप्त हुन्छ, कर्तव्य स्वयं गर्ने व्यवहार हो।
- अधिकार बीउ हो, कर्तव्य फल हो।
- यसरी हेर्दा कर्तव्य र अधिकार एक सिक्काका दुई पाटा हुन्।
१२. सन्तानका लागि सम्पत्ति जोडिदिने कि स्तरीय शिक्षा दिने ?
पक्ष (शिक्षा):
शिक्षा धन हो जसले जीवनभर सहयोग गर्छ। धन क्षणिक छ, शिक्षा स्थायी छ। शिक्षित मानिस आफ्नै खुट्टामा उभिन सक्छ। शिक्षाले विवेक र ज्ञान दिन्छ।

विपक्ष (सम्पत्ति):
धन नभएर शिक्षा कहाँ सम्भव छ? सम्पत्ति भएमा उच्च शिक्षा, उद्योग व्यवसाय सम्भव छ। धनले मानिसलाई आत्मनिर्भर बनाउँछ। यो भौतिक युग हो।
१३. पहिलो वक्ताको भनाइको खण्डन गर्नुहोस् :
अधिकार नभएर कर्तव्य पालन गर्न सकिँदैन। अधिकार जन्मसिद्ध हुन्छ। शिक्षा, स्वास्थ्य, स्वतन्त्रताको अधिकार नभएर कर्तव्य कसरी निभाउन सकिन्छ? अधिकार नभएर मानिस कमजोर हुन्छ। त्यसैले अधिकार कर्तव्यभन्दा ठुलो हो।
१४. गरिबीको बारेमा प्रश्नको उत्तर लेख्नुहोस् :
(अ) गरिबी भनेको आवश्यकता पूर्ति गर्न नसक्ने अवस्था हो।
(आ) अशिक्षा, जनसंख्या वृद्धि, बेरोजगारीले गरिबी बढ्छ।
(इ) रोजगार, सिप विकास, शिक्षा कार्यक्रमले गरिबी निवारण गर्न सकिन्छ।
(ई) सरकारी, गैरसरकारी, सामुदायिक र निजी क्षेत्रको भूमिका अपरिहार्य छ।

भाषिक संरचना र वर्णविन्यास

१. भूत, वर्तमान र भविष्यत् कालका वाक्यहरू छुट्याउनुहोस् :
भूत काल: शिक्षक उमाले रोटी खानुभयो। प्रधानाध्यापकले भन्नुभयो।
वर्तमान काल: विद्यालयको खाजा घरका व्यवस्थापक उदित हुनुहुन्छ। म चिया पकाउँछु।
भविष्यत् काल: पर्सि म पकौडा बनाउने छु। भोलि खाजा बढी भयो भने बासी रहने छ।
२. भूत र वर्तमान कालका क्रियापद प्रयोग गर्नुहोस् :
भूत: भए, गए, बने
- उनीहरु खुसी भए।
- साथीहरु बजार गए।
- उनीहरु खेलाडी बने।

वर्तमान: गर्दछु, बुझाउँछ, जनाउँछ
- म काम गर्दछु।
- रविनले पाठ बुझाउँछ।
- परेवाले शान्ति जनाउँछ।
३. अपूर्ण, पूर्ण, अज्ञात, अभ्यस्त पक्षका क्रियापद छुट्याउनुहोस् :
अपूर्ण: जाँदै छिन्, लिँदै छ
पूर्ण: पुगेको छ, पुगेकी छन्, गरेका थिए
अज्ञात: काटेछ, काटिछन्
अभ्यस्त: काट्थ्यो, जान्थिन्
४. वाक्य परिवर्तन गर्नुहोस् :
(क) अपूर्ण पक्ष: हामीहरू गाउँ जाँदै थियौँ। हामीहरूले उनीहरूलाई पहिलो पटक भेट्दै थियौँ।
(ख) पूर्ण पक्ष: कर्तव्य पूरा गरेका छन्। पुष्टि भएको छ।
(ग) अज्ञात पक्ष: संस्कृतिलाई रहेछ। किनिछन्। गरिछन्।
(घ) अभ्यस्त पक्ष: विद्यार्थी दिनहुँ पुस्तकालय जान्थे।
५. खाली ठाउँ भर्नुहोस् :
(क) परेछ (अज्ञात भूत)
(ख) गएको छ (पूर्ण वर्तमान)
(ग) दिँदै हुने छौ (अपूर्ण भविष्यत)
(घ) गर्थे (अभ्यस्त भूत)
(ङ) हुनुभएछ (अज्ञात भूत)
(च) राख्छ (वर्तमान)
६. प्रवीणको बानी (अज्ञात र अभ्यस्त पक्षमा)
प्रवीणले बिस वर्षको उमेरमै बिहे गरेछ। कतार गएर मजदुरी गरेछ। ऊ सानो हुँदा बिहान सधैं ढिला उठ्थ्यो। उसले जनता माविमा पढ्थ्यो। बुबाआमासँग झगडा गरिरहन्थ्यो।
८. पदयोग पुनर्लेखन:
प्रकृतिले आआफ्नो ठाउँबाट कर्तव्य पालना गरेको कुरा उहाँले गर्नुभयो। प्रकृतिसँग त सम्पूर्ण अधिकार छ र त कर्तव्य पूरा गरिरहेको छ। प्रकृतिको अधिकार खोस्ने ताकत कसैसँग छैन, कसैले प्रकृतिको अधिकार खोसोस् त? त्यसपछि प्रकृतिको ताण्डव थाहा हुने छ।
२. रोजगार ठिक कि स्वरोजगार ठिक ?
रोजगार ठिक (पक्ष):
रोजगारमा पारिश्रमिक, समय र स्थान निश्चित हुन्छ। नाफा घाटाको त्रास हुँदैन। स्वतन्त्रतापूर्वक समय बिताउन सकिन्छ।

स्वरोजगार ठिक (विपक्ष):
स्वरोजगारले मालिक बनाउँछ। मिहिनेतले ठूलो आम्दानी हुन सक्छ। संसारका धनी मानिसहरू स्वरोजगारी छन्। स्वरोजगार सम्भावनाको समुद्र हो।